काठमाडौंमा १ सहित ३ जना मृतावस्थामा फेला

सेयर गर्नुहोस्

२१ वैशाख, काठमाडौं । काठमाडौंका एक सहित विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् । काठमाडौंको थापाथलीमा महोत्तरी घर भएका ५९ वर्षीय सीताराम महरा  मृतावस्थामा फेला परेका छन् ।

यसैगरी मनाङको नासों गाउँपालिका-५ थोचेस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ५२ वर्षीय पुरुष पनि मृत अवस्थामा फेला परेका छन् ।  बैतडीको पाटन नगरपालिका-६ मालिकाखांनस्थित खोल्सामा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष  पनि सोमबार   मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares