सरकारले अष्ट्रेलियाका राजदूतलाई फिर्ता बोलायो

सेयर गर्नुहोस्

२१ वैशाख, काठमाडौं । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहालले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय मुख्य सचिव शंकरदास बैरागीमार्फत जानकारी पाएको बताए ।

अष्ट्रेलियासँगको कुराकानीमा उनले मुख्यसचिव बैरागीले टेलिफोन गरी मन्त्रिपरिषदले फिर्ता बोलाउने निर्णय गरेको जानकारी आफूलाई गराएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares