कोरोना महामारीमा लगातार ड्युटी गर्दा उत्पन्न हुनसक्ने समस्या रोक्न यस्ता छन् प्रहरीका सुझाव

सेयर गर्नुहोस्

कोरोना महामारीको दोस्रो लहर चलिरहेको  बेला नेपाल फेरि ठप्पजस्तै छ। ३० भन्दा बढि जिल्लामा पूर्ण निषेधाज्ञा लागु गरिएको छ।

निषेधाज्ञा तत्काल हट्न सक्ने अवस्था देखिँदैन किनभने संक्रमण तीव्र गतिमा फैलिरहेको छ। यतिबेला स्वास्थ्यकर्मी, सुरक्षाकर्मी अग्र मोर्चामा रहेर महामारीविरुद्ध लडिरहेका छन्। कतिपय अस्पतालमा स्वास्थ्यकर्मीहरु आफै संक्रमित भएर पनि उपचार गर्न छाडेका छैनन्। सुरक्षाकर्मीको अवस्था पनि त्यस्तै छ। यो समस्याबाट कहिले मुक्त पाउने भन्ने निश्चित छैन।

महामारीको पहिलो लहर चलिरहेका बेला गत असारमा  प्रहरी प्रधान कार्यालयको केन्द्रीय हेल्थ डेस्कले आफ्ना कर्मचारीका लागि लामो समयसम्म ड्युटीमा रहँदा मानसिक र शारीरिक स्वास्थ्य कसरी सन्तुलित बनाउने र समस्याहरुको समाधान गर्ने भन्नेबारे सुझावहरु तयार गरेको थियो, यस्ता छन् सुझाव-

आफुलाई गतिशिल राख्नुहोस् 

-यो महामारी लामो समय जाने हुँदा आफुलाई सो अनुरुप समायोजन गर्नुहोस्।

-एक अर्काको ख्याल राख्नुहोस् : साथीभाई काममा खटिएको बेलामा संक्रमणको जोखिममा रहेको हुन सक्छ, जुनन उसले ध्यान नदिएको हुनसक्छ।

-आफ्नो वरपरको वातावरणबारे सचेत रहनुहोस्। थकाई, तनाव र कार्यबोझले गर्दा प्रहरी कर्मचारीले स्वंय र अरुलाई संक्रमण सार्ने सम्भावना रहन्छ।

-थकान भएको बेला आरामको लागि ब्रेक लिनुहोस्, आफ्नो सिफ्टमा खटिँदा हुने मानसिक थकानका कारण प्रहरी कर्मचारीहरु चोपटक लाग्ने खतरामा रहेका हुन सक्छन्।

-साथीहरुको सल्लाह लिने दिने गर्नुहोस्।

शारीरिक तन्दुरुस्तीका लागि निम्न कार्यहरु गर्नुहोस्

-स्वस्थ दैनिकी परिपालन गर्नुहोस्।

-प्रशस्त तरल पेय लिनुहोस्।

-सन्तुलित र स्वस्थ खानेकुरा खाने र सक्दो शारिरिक ब्यायाम गर्ने। दैनिक २० मिनेट हिँड्दा पनि तनाव कम गर्न मद्धत पुग्छ।

मानसिक स्वास्थ्यका लागि निम्न कार्यहरु गर्नुहोस्

-फोन, म्यासेज र सोसल मिडियाको माध्यमले भए पनि परिवारका सदस्य र साथीभाईहरुसँग नियमित सम्पर्क गर्नुहोस्।

-सोसल मिडिया र कम्प्युटरमा बढि समय नबिताउनुहोस् र अन्य तरिकाले समय बिताउनु होस्।

-आफूसँग सद्धभाव राख्ने साथीभाई, आफन्तहरुसँग कुराकानी गर्नुहोस्। आफ्ना अनुभव र अप्ठेरा परेका विषयबारे छलफल गर्नुहोस्।

साथीभाइसँग कुरा गरेर, आफ्नो ख्याल गरेर, परिवारका बृद्ध सदस्य तथा बुबा-आमाको ख्याल गरेर, दिनभरको कामका लागि बिहानै तयारी गरेर, योग तथा ध्यान गरेर आफूमा भएका तनाव कम गर्न सकिने केन्द्रीय हेल्थ डेक्सको सुझाव छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares