थप सात हजार ४४८ जनामा संक्रमण, ३७ जनाको मृत्यु ,उपत्यकामा थपिए ३,६६६ जना कोरोना संक्रमित

सेयर गर्नुहोस्

२० वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २०२१ रहेको छ ।

उपत्यकामा थपिए ३,६६६ जना कोरोना संक्रमित

त्यसै गरि पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका हुन् । देशभर थप ७ हजार ४४८जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या३ लाख ४३ हजार ४१८ पुगेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares