बैशाख १५ गते देखि हिमालय टेलिभिजन बाट ‘डन्ट माइन्ड’ प्रसारण

सेयर गर्नुहोस्

काठमाडौं । हास्य टेलिचलचित्र ‘डन्ट माइन्ड’ हिजाे (बुधबार)देखि प्रसारण हुने भएको छ । म्युजिक नेपालको प्रस्तुति तथा हिमालय टेलिभिजनको सहकार्यमा टेलिचलचित्र हरेक बुधबार साँझ ८ बजे प्रसारण हुनेछ । साथै म्युजिक नेपालको युट्युब च्यानल तथा मोमो एपमा समेत सोही दिन साँझ ८:३० बजे प्रसारण हुनेछ ।

टेलिचलचित्रलाई निर्मल शर्मा र कमल मैनालीले संयुक्त रूपमा निर्देशन गरेका छन् । रवि शर्मा, कमल मैनाली, निर्मल शर्मा, रजनी केसी, सुनिता श्रेष्ठ,घनश्याम गाैतम ” नक्कली प्रचण्ड”, सुरेश तिमिल्सिना “नक्कली ओली”, रामेश्वर के सी, स्मारिका खनाल, विश्वमणि घिमिरे, चीजकुमार श्रेष्ठ, सुमन गिरी र लक्ष्मणसिंह बस्नेतको यसमा अभिनय रहनेछ ।

टेलिचलचित्रको कार्यकारी निर्माता चीजकुमार श्रेष्ठ, पटकथा लेखक कमल मैनाली हुन् । सम्पादन गौतमराज खड्काले गरेका छन् भने छायांकन राजु केसीले गरेका हुन् । टेन टु फाईभ सिरियल काे सफल प्रसारण पछि याे टिमले डन्ट माईन्ड निर्माण गरेकाे हाे!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares