नेदरल्याण्ड्स विरुद्ध ब्याटिङ गर्दै नेपाल

सेयर गर्नुहोस्

११ वैशाख, काठमाडौं ।बजाज पल्सर ट्राई नेसन्स टी- ट्वेन्टी सिरिजको नेपाल विरुद्ध नेदरल्याण्ड्स बिचको फाइनल खेल केही बेरमा त्रिवी क्रिकेट मैदानमा खेलिँदै छ।

टसका लागि मैदान प्रवेश गरेका दुई कप्तान ज्ञानेन्द्र मल्ल र पीटर सीलारमा, अतिथि राष्ट्र नेदरल्याण्ड्सका कप्तान सिलारले टस जिती बलिङ गर्ने निर्णय गरेका छन्।

मलेसिया विरुद्धको अन्तिम खेलमा डेब्यु गर्दै ३ विकेट लिएका कमल ऐरीलाई नेपालले आज पनि खेलाएको छ। स्पिनर सुसन भारीको स्थानमा अभिनाश बोहोराले ठाउँ पाउँदा नेपाल आजको फाइनल खेलमा ४ तिब्र गतिका बलर सहित मैदान प्रवेश गर्दै छ।

नेपाल प्लेइङ ११

ज्ञानेन्द्र मल्ल (क), दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आशिफ शेख, विनोद भण्डारी, करन केसी, कुशल मल्ल, सोमपाल कामी, सन्दिप लामिछाने, अभिनाश बोहोरा, कमलसिंह ऐरी


Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares