कोरोना महामारी : इनरुवाका विद्यालय अनिश्चितकालका लागि बन्द

सेयर गर्नुहोस्

५ वैशाख, काठमाडौं ।  विद्यार्थीमा कोरोना संक्रमण (कोभिड-१९) देखिन थालेपछि सुनसरी सदरमुकाम इनरुवाका विद्यालय अनिश्चितकालका लागि बन्द गरिएका छन् ।

इनरुवा नगरपालिकाले विज्ञप्ती जारी गर्दै अर्को सूचना नभएसम्मका लागि विद्यालय बन्द गर्ने जनाएको हो । इनरुवाका केही विद्यालयका विद्यार्थीमा कोरोना संक्रमण देखिएको नगरपालिकाका सूचना अधिकृत निरज पोख्रेलले जानकारी दिए ।

नगरपालिकाले सभा, सम्मेलन, मेला, जात्रा जस्ता भीडभाड हुने कार्यहरु पनि अनिश्चितकालका लागि रोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares