घरमै बसेर काम गर्न सकिने गरी इसेवाले माग्यो २६५ कर्मचारी, यसरी दिनुहोस् आवेदन

सेयर गर्नुहोस्

१ वैशाख, काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे इसेवाले २६५ जना कर्मचारी मागेको छ । बजार प्रतिनिधिको रूपमा देशका विभिन्न ठाउँमा काम गर्ने गरी इसेवाले २६५ जना कर्मचारी मागेको हो ।

कम्पनीले काठमाडौं, पोखरा, बुटवल, चितवन, विराटनगर, नेपालगञ्ज, धनगढी, दमक, धरान, हेटौंडा, बागलुङ, लाहान, राजविराज, दाङ, सुर्खेत, विर्तामोड र वीरगञ्जमा काम गर्न कर्मचारी माग गरेको हो ।

एसईई वा एसएलसी अतिर्ण इच्छुकले १० दिनभित्रमा आफ्नो बायोडाटा [email protected] इमेलमा पठाउनु पर्नेछ ।

यो काम घरमै बसेर पनि गर्न सकिने इसेवाले जानकारी दिएको छ । थप जानकारीका लागि ९८०१०८०३३७ वा ९८०१०८०३९६ मा पनि सम्पर्क गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares