२६ चैत, काठमाडौं । प्रतिनिधि सभाको बिहीवारको बैठक स्थगित भएको छ ।
प्रतिनिधि सभाको ७ औँ अधिवेशन अन्तर्गतको आजको बैठकमा माओवादी केन्द्रबाट निर्वाचित ४ सांसदहरुको पद खारेज भएको जानकारी गराइएको थियो ।
सभामुख अग्नीप्रसाद सापकोटाले संसद सचिवालयमा दर्ता हुने उक्त पत्र पढेर सुनाएका थिए ।
त्यस्तै अर्को बैठक चैत २० गते सोमवार बस्ने जानकारी गराएका छन् ।