ललितपुरको कुसुन्तीमा भेटियो चितुवाको छाला

सेयर गर्नुहोस्

२६ चैत, काठमाडौं । ललितपुरबाट प्रहरीले चितुवाको छाला बरामद गरेको छ।

ललितपुर महानगरपालिका-१३ कुसुन्तीस्थित सार्वजनिक सडकछेउको जग्गामा बेवारिसे अवस्थामा चितुवाको छाला बरामद गरिएको हो।

जेब्रा झोलाभित्र छाला राखिएको भन्ने खबरपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले बरामद गरेको हो।

प्रहरी उपरीक्षक प्रज्वल महर्जनका अनुसार थप अनुसन्धान गर्न डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा बुझाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares