नेपाल, मलेसिया र नेदरल्याण्ड्सबीच हुने त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

सेयर गर्नुहोस्

नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच हुने टी–२० त्रिदेशीय क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।

२६ चैत, काठमाडौं । आगामी वैशाख ४ गतेदेखि नेपालमा हुने त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको हो ।

तालिका अनुसार नेपालले वैशाख ४ र ७ मा नेदरल्याण्ड्ससँगविरुद्ध खेल्नेछ । त्यस्तै, ६ र ९ वैशाखमा नेपालले मलेसियाविरुद्ध खेल्नेछ ।

मलेसियाले नेदरल्याण्ड्सविरुद्ध ५ वैशाख र ८ वैशाखमा खेल्नेछ ।

एउटा टिमले अर्को दुई टिमसँग दुई दुई खेल समूह चरणमा खेल्नेछन् ।

फाइनलमा पुग्ने दुई टोलीबीच ११ वैशाखमा फाइनल हुनेछ ।

खेलतालिका

वैशाख ४ – नेपाल विरुद्ध नेदरल्यान्ड्स
वैशाख ५ – मलेसिया विरुद्ध नेदरल्यान्ड्स
वैशाख ६ – नेपाल विरुद्ध मलेसिया
वैशाख ७ – नेपाल विरुद्ध नेदरल्यान्ड्स
वैशाख ८ – मलेसिया विरुद्ध नेदरल्यान्ड्स
वैशाख
 ९ – नेपाल विरुद्ध मलेसिया

फाइनल

वैशाख ११ – फाइनल ( शीर्ष २ टोली)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares