प्रेममा रौनक र सुपुष्पा

सेयर गर्नुहोस्

२२ चैत्र, काठमाडौँ । चलचित्र ‘कबड्डी’का निर्माता रौनक विक्रम कँडेल र नायिका सुपुष्पा भट्ट केही समयदेखि प्रेममा रहेको वुझिएको छ । अनलाइनखबरलाई श्रोतले दिएको जानकारी अनुसार, उनीहरु चाडै नै वैवाहिक जीवनमा बाँधिने तयारीमा समेत छन् । श्रोतका अनुसार, उनीहरुको इन्गेजमेन्टको तयारी समेत चलिरहेको छ । तर, यो बिषयमा कुरा गर्न खोज्दा सुपुष्पा भट्टको फोन उठेन ।

चलचित्र ‘रणवीर’बाट नेपाली चलचित्र क्षेत्रमा उदाएकी सुपुष्पाले विगत केही समयदेखि प्रेममा कुराहरु सामाजिक संजालमा व्यक्त गर्दै आएकी छिन् । सुपुष्पाको तस्वीरमा रौनककी आमा र उनको परिवारको प्रतिक्रियाले पनि उनीहरु प्रेममा रहेको चर्चालाई बल पुगेको छ ।

सुपुष्पाले अभिनय गरेको दोश्रो चलचित्र ‘छ माया छपक्कै’ रिलिज भैसकेको छ भने ‘चपली हाइट ३’ रिलिजको तयारीमा छ ।

बेनिशासँग ब्रेकअप
यसअघि रौनकको प्रेम नायिका बेनिशा हमालसँग थियो । तर, केही समय प्रेममा रहेका बेनिशा र रौनकको भने ब्रेकअप भैसकेको छ । रौनक र बेनिशाको ६ महिना अगाडि ब्रेकअप भएको वुझिएको छ । दुबै जनाविच असमझदारी बढेपछि उनीहरुको ब्रेकअप भएको वुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares