प्याराडाइज आइ टि सोलुसनले प्रिन्टमान्डू नामक इ-कमर्स साईट बजारमा ल्याउदै

सेयर गर्नुहोस्

३ चैत्र ,काठमाडौँ। ठमेलमा रहेको प्याराडाइज आइ टि सोलुशनले नेपाली नयाँ बर्ष देखि प्रिन्टमान्डू नामक इ-कमर्स साईट बजारमा ल्याउने भएको छ। प्रिन्टमान्डूले अनलाइन मार्फत नेपाल भर जुनसुकै ठाउँबाट पनि प्रिन्टको सुबिधा ग्राहकले लिन सक्ने भएका छन्।

प्याराडाइज आइ टि सोलुशनले आइटीको सेवासँगै प्रिन्टको सुविधा दिनको लागि उक्त इ-कमर्स साइट बजारमा ल्याउने भएको हो । यस साइट मार्फत देशका विभिन्न ठाउँबाट मानिसहरुले आफ्नो आवश्यकता अनुसार साइटबाटै अनलाइन बुकिङ्ग गरि आफ्नो व्यवसायको लागि प्रबर्धनका सुविधा लिन सक्नेछन् ।

” हाम्रो सेवा सजिलो र भरपर्दो हुनेछ ,सस्तो सुलभ मुल्यमा अनलाइनबाटै चाहे अनुरुप आफ्नो घर, संगठन ,कार्यालय ,पसल विभिन्न आफ्नो व्यवसाय को लागि प्रिन्ट को सुविधा लिन सक्ने ”बताउँछन् प्याराडाइज आइटि सोलुशनका संचालक गबिश खनाल । हाल यस संस्थाले काठमाडौँ ,ललितपुर ,भक्तपुरमा डेलीभरिको सुविधा गर्दै आएको छ भने उपत्यका बाहिरको लागि पनि कुरियर मार्फत डेलिभरी गर्नेछ।

प्याराडाइज आइ टि सोलुशनले कोरोनको महामारीमा विभिन्न स्कुल ,शिक्षण संस्थाहरुलाइ जी सुइट र अफिस ३६५ को लगभग २०० संस्था हरुलाई प्राविधिक सपोर्ट सहित सुविधा प्रदान गरे थियो। यस संस्थाले आइटीको सम्पूर्ण सुविधा देशका विभिन्न ठाउँहरुमा दिदै आइरहेको छ।देश भरिका मानिस ले फोन मार्फत अनलाइन मार्फत आइटीको पनि वेबसाइट, इ-कमर्स साइट ,SEO ,डिजिटल मार्केटिंग ,पेज म्यानेज जस्ता विभिन्न सेवा पनि दिंदै आएको संचालक खनालको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares