सप्तकाेशी नगरपालिकामा अपाङ्गता भएका ३४ जना सम्मानित

सेयर गर्नुहोस्

२८ फाल्गुन , सप्तरी। सप्तरीको सप्तकाेशी नगरपालिका ४ मा बसाेबास गर्ने अपाङ्गता भएका ३४ जना सम्मानित भएका छन्।

सप्तकाेशी नगरपालिकाले गरेको आर्थिक सहयाेगमा भएको सम्मान कार्यक्रममा स्थानीय १४ महिला र २० पुरुष गरि ३४ जना व्यक्तिहरुलाई घरमा पुगेर सम्मान गरिएको कार्यक्रमकी संयोजक दुर्गादेवी ढुङ्गेलले बताएकी छन् ।

सप्तकाेशी नगरपालिकाले गरेको अड्चालीस हजार सातसय पचास रुपैयाँ आर्थिक सहयोगमा सम्पन्न सम्मान कार्यक्रमको श्री फत्तेपुर बहुउद्देश्यीय सहकारी संस्था लि. ले आयोजना गरेको थियो ।

कार्यक्रममा सप्तकाेशी नगरपालिका नगर प्रमुख उत्तम कुमार शर्मा ,वडा अध्यक्ष बद्री नारायण चाैधरी आयोजक संस्थाका अध्यक्ष नरेन्द्र कुमार खत्री लगायत संस्था परिवार , पत्रकार, सवारी चालक आदिको उपस्थिति रहेको कार्यक्रम संयाेजक दुर्गादेवी ढुङ्गेलले कडा खबरलाई बताएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares