भुरुङ्ग, बुद्ध र कथा-बिजु सुवेदी (विजय)

सेयर गर्नुहोस्

“भुरुङ्ग खाऊ मैले दाना राखिदिएको छु । खाऊ न खाऊ ! म त्यस्तो अरुजस्तो दानवी मानिस होइन । ननै मैले यसमा तिमिलाई लठ्याउन विष हालेको छु । ल हेर ! मैले हातैले खाएँ अब खाऊ ।” जब बुद्धले यस्तो भन्यो भुरुङ्ग खुसीसाथ उफ्रीउफ्री खान थाल्यो ।

एकदिन बुद्धले दाना राख्न विर्सियो । बाटोमा कार्यालयतिर बुद्ध जाँदै थियो । भुरुङ्गले बाटो छेक्न आयो । अरुले भने की “हेर, बुद्ध ! यो चराले अब यो बाटो हिलो छ नहिँड भनेको ?”

बुद्धलाई थाहा थियो कि यो गुप्तचरको चाल हो भनेर किनकी बुद्ध जहाँ जान्थ्यो, हरेक देशबाट गुगल क्यामराबाट हेरिरहेको हुन्थ्यो र शासकहरुको यो सडक बनाउने निहुँको भ्रष्टाचारको पोल खुल्ला भनेर गुप्तचरले यसो भन्न आएको थियो ।

बुद्धले भुरुङ्गसँग क्षमा माग्यो र भन्यो कि “हेर ! भुरुङ्ग मैले कस्तो कष्ट सहेर दाना खुवाइरहेको छु । तिमीले सपनामा भनेकै ठाउँमा दाना राख्दै पनि आएको छु तर शासकहरुले मलाई सुविधा कटौती ग¥या ग¥यै छन् । म श्रमको मात्र कमाइ खाऊँ भन्दा पनि “कोषमा छ तिम्रो सबै पैसा !” भन्छन् तर मैले यो ४९ वर्षको समयमा पनि महिनाको २ हजारभन्दा नगदमा खर्च गर्न पाएको छैन । सायद मेरो यो जिन्दगी यस्तै सङ्घर्षमा वित्छ भन्ने पक्का छ । यसलाई खुसीसाथ स्विकार्ने पनि छुँ ।”

भुरुङ्गले भन्यो, “त्यो मानवीय तालको कुरा मलाई नसुनाऊ । भुरुङ्ग तालको कुरा सुनाऊ । म भोको छु । कि त खुवाउँदै नखुवाऊ , खुवाएपछि मेरो जिम्मा लेऊ । चारा चाहियो चारा ।”

बाटोमा मन्दिरमा रगतमा लतपतिएको झैँ दानाहरु देखा परे । बुद्धले त्यसलाई पखाले र भुरुङ्गको अगाडि छरिदिए । तैपनि भुरुङ्गले खाएन ।

बुद्धले “खाऊ ! ” भनेपछि खायो ।

“अब नविर्सिऊ है ? तिमीले भनेकोले मात्रै खाएको । एक प्रकारको विश्वास छ तिमीमा ।” भुरुङ्गले भन्यो ।

बुद्धले भन्यो, “मैले विहे गर्दादेखि मानसिक तनाव झेलिरहेको छु । लब गरेको २, ३ वर्षसम्म एकदम धेरै राम्रो सम्बन्ध थियो । विहे भइसकेपछि , लव गरेको भन्नै नहुने रे । अहिले मैले जस्तो व्यवहार गरे पनि त्यसको ठीक उल्टो व्यवहार गरिरहेछन् ससुरालीका पुरै समुदायले । ससुराली समुदाय शाकाहारी भनी अनि धर्मका कट्टर भनेकाले ऊ विहे गर्न हौसिएको थियो किनकी यसले उसमा हत्या हिँसाको बढावा नहुने र शालीन व्यवहारले समाज सभ्य र सुन्दर हुने उसले धोको लिएको थियो अनि हुनेवाला बुढी पनि कलेज पढ्ने थिई । तर सबै कुरा उल्टो हुने ग्राफ बढ्ने क्रममा भयो । उसले फेरि भन्यो “ऊ भनेको को नि ? ऊ भनेको मैँ नि ।”

“हाम्रो तालको अर्कै बेग्लै संसार छ । तिमीलाई बढी पीर छ त्यसैले यो के भएको हो ? एउटा उदाहरण देऊ त ? त्यो कसरी नमिल्ने व्यवहार गरेको त्यो भन न ?”

“जस्तो कि ‘फल झारेर नमस्कार गर्ने ।’ श्रीमतीलाई भनेको ‘उनले लुगा दान गर्नुपर्छ’ रे । मलाई समाज सभ्य र शालीन बनोस् भन्ने चाहना थियो तर भएन । सधैँ त्यै ! सधैँ त्यै !! सधैँ त्यै !!!”

कोही फेरि कस्तो भने, मेरो कम्प्युटरमा काम गर्नुपर्ने हुन्छ तर उनको जो भाइले पनि हरेक भेटमा फल कोट्याएको कोट्यायै गर्ने । उनलाई यो समस्या भन्दा तपाईंले जहाँ पनि फल कोट्याएको मात्र देख्ने, मानसिक स्थिति ठीक भएन तपाईंको !”

“भिनाजु भएपछि जस्ले पनि मान खोजिहाल्छ नि भन्नु पर्दैन त ? अर्को जन्ममा भुरुङ्ग भएर जन्मन आऊ किनकी हाम्रो सबै खराब कुरा पङ्खको लुगाले ढाकिएको हुन्छ । उल्टोको कुरा के उल्टोको कुरा भन त ।”

“काँक्रो हामी काटेर खान्छौँ, उनीहरुलाई घोटेर खानुपर्ने । मेवा हामी पाकेको खान्छौँ, उनीहरुले काँचो चपाएर खानू भनी दिने । बीमा गर्नुपर्यो भनेर सही पनि खालि कागजमा गरेर ईमेल गरिदेऊ भनेर ठुलो दबाब दिने, दही पकाएर मात्र खानुपर्ने, फर्सीको मुन्टा भुटेरै मात्र खानुपर्ने, मैले मुख पुछ्ने रुमाल सधैँ मुख पुछिसकेपछि उनीहरुले पटुकी झैँ तलसम्म आइकन बेर्नुपर्ने, जिरा झान्यो भने झान्न नदिने पिसेर देखाउने, कुनै पनि कुरा चुलेसीले मात्रै काट्नु पर्ने चक्कुले काट्नु नहुने । मैले चम्चाले खाए उनीहरु हातले खाने, मैले हातले खाए उनीहरु चम्चाले खाने । चिया त खुवाउँदै नखुवाउने । अनि श्रीमतीले शुद्ध चिया पकाएर नखुवाएको कत्ति भो कत्ति !”

“नुन धेरै कम खुवाउने, चिनी पनि धेरै कम खुवाउने तिमीलाई त खै ? अरुका लागि आवाज उठाउँछौ ? आफ्नो भने तिम्रो बेहाल रहेछ हगि ? अनि किन तिमीहरु दुईजनाको हिजो त ठुलो झगडा भएको रहेछ नि ? त्यो के कारण हो ? बरु ‘अन्ततः मैले ससुराली छोड्ने निश्चय गरेँ’ भन्ने उपन्यास लेख न कत्ति कथा लेखिरहन्छौ ?”

“त्यो मात्र होइन भुरुङ्ग । सुदामाको कनिका जस्तो गरी मलाई कृष्ण बनाउने तर मेरो तर्फबाट धेरै सुविधा लिए । घर नभएकाहरुको घर बन्यो । कृष्णको तस्विरलाई पनि चेन्जिङ्गरुममा राखे । अब जाऊ तिमी करकर करकर नगर, मलाई पनि मानवीय तालमा छोड, मलाई मानवका लागि पनि केही गर्न देऊ । तिमीले बुझ्दैनौ के यस्तो मानवी तालको सभ्य शालीन बनाउनका लागि चाहिने कुरा । मुख्य कुरो त के भने उसले भनेको मैले जे पनि कसैलाई नसोधी गर्दै आएको छु तर मैले अह्राउने कुनै पनि कुरा घरमा पकाउने खानेकुराको शुद्ध रङ्गसमेत सोधी, स्विकृत पाएपछि मात्र गर्थी ।”

भुरुङ्ग चिङ्गचिङ्ग चिङ्गचिङ्ग गर्दै विदावारी भएर गयो ।

बुद्धले त्यही हिलो बाटो टोलाएर हेरिह्यो । बाटोमा चियावाला भइया थर्मस बोकेर आइरहेको थियो । अरु दुईजना मानिसहरुले पनि चिया मागे, अनि बुद्धले पनि चिया मागे । उनीहरु अब चियाको चुस्कीसँगै गफ सुरु गर्न थाले ।

बाटोमा “नेपाल सरकारको भारतीय सरकारक” भेँट भन्ने प्रस्ट अक्षर नदेखिएको एम्बुलेन्स हिलो छ्याप्दै दगुरिरहेको थियो । माथि नेपाल सरकारको निसाना छाप पनि प्रस्ट नदेखिने पर्खाल मुनि छापिएको थियो ।

यस्तो प्रस्ट नदेखिने छाप राखेर बुद्धलाई एउटा प्रहरि अधिकृतले धेरै पहिले पत्र पठाएको थियो, पत्र अलि कचमचको थियो । बुद्धलाई फोटोसप राम्रो आउँथ्यो त्यसैले उसले त्यो छापको जननी “जन्म भूमिश्च स्वर्गादपि गरीयसी” गाढा रुपमा प्रस्त भएको छाप बनाई उक्त प्रहरीलाई ईमेल गरेको थियो । जब बुद्ध “धुम्रपान विरोधी अभियान”मा डटेर लागेको थियो उक्त प्रहरी अधिकृतले “बुद्धजस्तालाई धुम्रपानको लत छुटाउने यस्तै अभियानको सह्राहना गर्दछु ।” भनेर लेख छपाएको थियो । जब बुद्धले यो लेख देख्यो, बुद्धले अरु केही गरेन उक्त प्रहरी अधिकारीलाई सभ्य शालीन बनाउन सामाजिक सञ्जलबाट व्लक गरिदियो ।

चिया पिउँदै थियो बुद्ध त्यहाँ भुइँचालोले खत्तम भएको ठुटो धरहरासँगै निर्माणाधिन धरहरा ८ तल्ला मात्र बनिरहेको थियो, वास्तबमा बुद्धले समाचारमा १२ तल्ला बनिसक्यो भनेर हेर्ने इच्छा गरी आएको थियो । र उसले अर्का चिया खानेलाई सोधिहाल्यो “यो त १२ तल्ला छैन नि ?”

“यस्तै हो यहाँ । अलि फोहोरी खेल पनि छ । इण्डियालाई हामी कुरा गछौँ । हाम्रो नेपाली फिलिम, गाउँको परिवेश सबै डबल एक्स कुराले छिल्लिएका छन् । बलिउडको बी ग्रेड र सी ग्रेडजस्ता जहाँ पनि व्याप्त छन् यहाँ । हाम्रो नेपालबाट यिनीहरुलाई हटाउन त राणा शासन नै चाहिन्छ दाइ ! उनीहरुलाई पनि सभ्यतामा ल्याउन व्रिटिसको ठुलो हात छ ।”

क्षुब्ध भएर कुरो अन्त मोड्दै उसले “चक्रपथ पनि त्यस्तै ताल छ हैन दाई ।” भन्दै उसको कुरा सहसा मनन गर्यो ।

“तपाईंले धेरै पढ्नु भएको छ , त्यसैले तपाईं दाइ हो । चक्रपथ हाम्रो छोराको पालोमा मात्र बन्छ दाइ । हाम्रो नेपालमा यस्तै हो ।” अर्को चिया खाने पनि, होमा हो मिलाउँदै हाँस्न थाल्यो ।

चियावालाले अर्को चिया खानेसँग “कुरा गरे हुन्छ ?” भनी सोध्यो ।

“भै हाल्छ नि, भै हाल्छ नि । के जरुरी कुरा त थिएन नि ?”

“हजुरहरुलाई डिस्टर्ब नगरुँ भनेर चूप बसेको नि ।”

चियावालाले चुरोटको बट्टा भूइँमा राखेर खोल्दै, चुरोट सल्काउन थाल्यो । बुद्धले “चियाको कति नि ?” भनी सोध्यो किनकी चुरोटको दुर्गन्ध बुद्धको मुखसम्म आइसकेको थियो ।

उनीहरु चुरोट र चियामा हँसिमजाक गर्न थालिसकेका थिए । बुद्धले भुइँको चुरोटको बट्टा उनीहरुले नदेख्ने गरी बन्द गर्यो र चुरोटको बट्टा ठ्याक्कै छोपिने गरी बीसको नोट राखेर सरासर आफ्नो पाइला बढायो ।

बुद्ध हिँड्न त हिँड्यो । कहाँ हिँड्यो, कहाँ पाइला बढायो उसलाई होशै भएन, मात्र ऊ चुरोटको धुवाँबाट भागेको जस्तो थियो ।

एकाएक हिँड्दै ऊ फ्ल्यास ब्याकमा गयो……………………..ऊ एक ठाउँमा काम गथ्र्यो । त्यहाँ अफिसका सबै कर्मचारीहरु अफिसमै धुम्रपान गर्थे । लगातार गरिरहन्थे । चुरोट भने बुद्धलाई किन्न पठाउँथे । बुद्ध अफिसको समयभरि पुरै समय कम्प्युटरमा हिसाब गरी बस्थे । कार्यालयका स्टाफहरु साहूका मान्छे थिए त्यसैले उनीहरु समयसमयमा बुद्धको काम रोक्न लगाएर चुरोट खाएर कम्प्युटरमा गेम खेलेर हैरान पार्थे । चुरोट किन्दा लाइट नभएको भनी किन्नु पथ्र्यो, त्यही चुरोट उनीहरु सबजना खान्थे । एकदिन “लाइट नभएको चुरोट त धेरै कडा हो लागुपदार्थ जस्तै हो यसलाई निषेध गर्नुपर्छ” भनी पत्रिकामा पढिसकेपछि श्रीमतीलाई गुनासो सुनाउँदा, “गर्नै पर्ने भयो अब योभन्दा अरु उपाय पनि त छैन नि” भनी जवाफ फर्काएकी थिई । यो सम्झेरै ऊ वेहोशै जस्तो भयो । उसलाई आफुलाई धुवाँले कमजोर पारेको रहेछ भन्ने निक्र्यौल भयो । पछि उसले अफिसको काम घरमा ल्याएर गर्न थाल्यो । यस्तोमा श्रीमतीले “पुरै समय अफिस जानुस् कि जानुस् , कागजपत्र सबै फर्काइदिनुस् ।” भनी प्रताडना दिन्थी । पछि उसले श्रीमतीलाई भनेको थियो, “हेर बुढी ! हाम्रो त्यो अफिससँग लिनुपर्ने पैसा धेरै बाँकी छ । कागजपत्र फर्काएपछि पैसा लिन सकिन्न । बस् मलाई मैले उनीहरुको हिसाब गरिदिएको मात्रै पैसा चाहिन्छ ।” श्रीमतीले “त्यस्तो हुन्न फर्काइदिनुस् , पैसा आइ हाल्छ नि ।” भनी चिँढिएर भन्न थाली । “ल त ल ! भनी उसले एक बाकस कागजपत्र ट्याक्सीमा राखेर फर्काइदिए ।” उसको जागिर पनि गयो । पैसा उसको अढाइ लाख जत्ति अझै पनि त्यो अफिससँग लिन बाँकी छ । यस्तै कुराहरुमा उसको सोच गइरहेको थियो । ………………उसको फ्ल्यास ब्याक सक्कियो, ऊ थाक्यो ।

सुटिङ्ग गरेकाहरु थाकेर खाना खान गइरहेका थिए । दश वाह्रवटा फ्ल्यासहरु बाटोमै थियो । त्यहीँ ऊ थचक्क बस्यो । खुइ्यय सास तान्यो र त्यही फ्ल्यासनिर बस्यो । अरु बेला बसमा यात्रा गर्ने बुद्ध, कोरोनाको लकडाउनले गर्दा अहिले भने यसरी हिँड्दै ,बस्दै, थकाइ मार्दैै, पसिना पुछ्दै, मेहनत गरीगरी आफ्नो गन्तव्यमा बढ्ने कोसिस गरिरहेको थियो । उसको अगाडि अहिले नेपाल मानव अधिकारको कार्यालय छ ।

उसलाई शरीरभरि चोटै चोटको व्यथा छ । उसको बायाँ हातमा परेको त्यो ठुलाठुला गाँठाका ट्युमरहरु उसको मसल्सभन्दा पनि ठुलो छ । त्यो उसको पीडा कसैले सुनेन । डाक्टरलाई देखाउँदा बेस्करी हातले छोएर क्याच्याक्याच्या गरी “यो नन क्यान्सर ट्युमर केही हुँदैन ।” भनेकोले, डाक्डर देखि नफरत भयो उसलाई । तैपनि उसलाई त्यो गाँठागुठी आन्दोलनको उपहार लाग्छ । श्रीमतीलाई विहे अगाडि सबै भनेको थियो यसबारे । अब उनी पनि अर्कैतिर ध्यान दिन्छिन् । जस्तै असहयोगी गाउँले पाराको भए पनि श्रीमतीलाई पनि उसले “अझै पनि आम नारी परिवर्तन हुन जरुरी छ भन्ने सिद्धान्त भएको” हिसावले सहयोग गर्दै पनि आएको छ ।

यही कल्पनामा विहँगित भई ऊ मानव अधिकारको कार्यालयतिर पाइला बढाउन खोज्यो । एकछिन तुफान मोटर साइकलले उसको बाटो छेक्न आयो । त्यसलाई पार गरेर ऊ गयो । फेरि प्रहरीका दुई चारवटा भ्यानहरु अलि कम गतिमा उसको बाटो छेकेर पारितर्फ कुद्न थाल्यो । त्यसपछि मानव अधिकार आयोगका चारवटा जति गाडी त्यहाँ भित्र प्रवेश गर्यो । ऊ त्यहाँभित्र जानेवित्तिक्कै मानवअधिकारको गाडीको ढोका सबैले खोले ।

ऊ कार्यालयको परिसरभित्र छिर्यो । कुनै पनि कार्यालय खुलेको थिएन । बुद्धले सोध्दा कोरोनाले गर्दा भन्ने जवाफ आयो । पुस्तकालयमा त खुल्ला नि ? भनी जाँदा त्यहाँ पनि तालावन्दी देख्यो । त्यहाँ एकजना मानिस उसको अगाडि झल्याक्क पिसाब फेरेर फर्केजस्तो जिपर तानेर कुरा गर्न आयो र भन्यो “कोरोनाले गर्दा सबै गइसके । अब म पनि जाँदैछु । तपाईं भोलि विहान १० बजे आउनुस् ।” भन्दै बाइक बेजोडले स्टार्ट गरी हुइँकिएर गयो ।

तब ऊ फर्कियो । मानव अधिकारको गेटनिर पुग्न लागेको थियो भुरुङ्ग उडी त्यहीँ आइपुग्यो । मानवअधिकारका गाडीहरु फेरि ढोका खोल्दै गर्दा बुद्ध अगाडि बढ्यो, कर्मचारीहरु त्यसमा बसेपछि गाडीको ढोका बन्द गर्दै उनीहरु आफ्ना बाटोमा लागे ।

भुरुङ्गले बाटो छेकी उसलाई जान दिएन । ऊ टक्क अडियो । त्यहाँ हरियो प्लाष्टिकको वोतलमा स्यानीटाइजर राखेको थियो । त्योसँगै धारासहितको पानीको हरियो सानो ट्याङ्की राखेको थियो । भुरुङ्गले आधा आधा मिटरजति उचाइ भएको दुबोहरुको झ्याङ्गमा आफ्नो लुगा फुकालेर देखायो । कस्तो अचम्म भुरुङ्ग त अब पुच्छर नभएको मुसो जस्तो देखियो । फेरि भुरुङ्ग च्याङ्गच्याङ्ग च्याङ्गच्याङ्ग च्याङ्गच्याङ्ग च्याङ्गच्याङ्ग कराउँन थाल्यो । उसले लुगा फेरिसकेको थियो ।

उसले भुरुङ्गलाई भन्यो, “मलाई सिकाउने हो र ? त्यो जिपर तान्ने हरियो मानवअधिकारवालालाई सिकाउन जाऊ । जाऊ आफ्नो ठाउँमा ! म चारा दिइ हाल्छु नि तँलाई ।”

भोलिपल्ट भयो, उसले भुरुङ्गलाई सपनामा भनेकै ठाउँमा चारा राखिदियो । भुरुङ्गले खाएन । उसले खाएर देखायो, “अब त खाऊ !” भन्यो । तैपनि भुरुङ्गले खाएन । त्यही ठाउँमा गएर बुद्धले चारा खाएपछि मात्र भुरुङ्गले रमेर खान थाल्यो ।

बुद्धले भुरुङ्गलाई भन्यो “अब योभन्दा बढी म आउन सक्दिन । फेरि भोलि तिमीले तिम्रो गुँडसम्म आऊ भन्लाऊ । मेरो पनि मानवीय सभ्य सहरजस्तो, सहयोगदार गाउँजस्तो संसार छ । चारा दिने जिम्मा मेरै भो ल ! अब योभन्दा बढी औकात नखोज् भुरुङ्ग !”

आकाशबाट गडगडाहटका साथ पानी दर्किन थाल्यो । झिसमिसे साँझ हुन लागिसकेको थियो, टिकटिक टिकटिक गर्ने घडीको छोटो सुइ ७मा पुगिसकेको थियो भने लामो सुइ १२मा पुगिसकेको थियो । बुद्धलाई समाचार सुन्ने चटारो भयो । भुरुङ्ग आफ्नो वासस्थानतिर लाग्यो भने बुद्ध आफ्नो ।

वास्तवमा भुरुङ्ग वाहिरि ग्रहबाट पठाएको गोगलमा जे पनि सर्च गर्न बनाएको अलिसाभन्दा धेरै विकसित भङ्गेरासँग मिल्ने प्राणी हो । बुद्ध जब बाहिरि ग्रहमा गएको थियो, भुरुङ्गलाई उसले लिएर आएको थियो । दाना उसले बाहिरिग्रहबाट कहिल्यै आकाशबाट पाउँछ भने कहिल्यै उसले बाहिरिग्रहबाट दिएको यन्त्रबाट बनाएर भुरुङ्गलाई “खाऊ !” भनेपछि मात्र खाने अनुमतिले पठाएको हुन्छ । त्यो दाना यस पृथ्वीका बुद्धले बाहेक अरुले खानाको रुपमा ग्रहण गर्न सक्दैन र बुद्धले खुवाएपछि मात्र भुरुङ्गले खानुपर्ने हुन्छ । बुद्धमा त्यो चामत्कारिक शक्ति हुन्छ भने, भुरुङ्ग साँझको ७ बजेपछि बाहिरि ग्रहमा जानैपर्ने हुन्छ भने विहान बुद्धको सेवामा आउनैपर्ने हुन्छ ।

फेरि एकपटक भुरुङ्ग झल्याक्क जिस्किन आयो अनि कोइलीभन्दा अति सुमधुर स्वरमा “म धुन हुँ तिमी सरगम…… तिमी जुन हौ म किरण……..म फुल हुँ तिमी सुवास…….” भन्दै दोहो¥याई तेह¥याई गाउँदै बाहिर उडेर “आजको लागि विदा ! “आजको लागि विदा !!” भन्दै उडेर गयो । वाहिर पनि त्यही गीत प्रतिध्वनि भएर बुद्धको कानमा धेरै बेरसम्म गुञ्जिरहेको थियो ।

भोलिपल्ट बुद्ध १० किमीजति हिँडेर फेरि मानवअधिकारको कार्यालयमा पुग्यो । फटाफट हिँडिरहेको थियो उसको मुठ्ठीमा अर्कोले धक्का लगाएर मात्रै जान थाल्यो । अर्कोतिर उसले हातमा सेतो पञ्जा लगाएर गइरहेकाहरु पनि देख्यो । उसले पनि सेतो रबरको पञ्जा किन्यो, पञ्जा लचकदार किसिमको थियो । हातमा तानेर लगायो । यो बेला ऊ कतै चिया खान गएन किनकी चिया खाने ठाउँमा आज उसले खाने सबै चियावालाहरु कहाँ चुरोट खाएर मुठे जुङ्गेहरु बसिरहेको थियो । उसले एउटा कालो जिपर जस्तो टेप पनि एकातिर समाएको थियो भने अर्को हातमा त्यही पञ्जा प्याक गरेको, उसले भरखरै खोलेको प्लास्टिक लिइरहेको थियो ।

जब ऊ मानवअधिकारको कार्यालयमा गयो, नजिकैको युएनको अफिसनेर डस्टविनमा “फोहोर मलाई” लेखेको ठाउँमा उसले त्यो खोल प्लास्टिक खसालिदियो । त्यसपछि उसले हिजो जिपर खोलेको ठाउँनिर त्यो कालो जिपर आकारको टेप विरोधस्वरुप फालिदियो ।

त्यत्तिकैबेला भुरुङ्ग त्यहाँ आइपुग्यो र भन्न थाल्यो, “तिम्रो कुरा तिमी मात्र बुझ्छौ । किनकी तिमीले टेप फालेको ठाउँमा हेर त ? छिल्लिएकाहरुले त्यहाँ दुईटा फुल फ्याकिराखेका छन् । तिम्रो विरोध उनीहरुप्रति छैन भनी मलाई पो थाहा छ तर अरुले हेर्दा फुललाई विरोध गरेजस्तो भयो नि ?”

बुद्धले भन्यो, “यो त मेरो ध्यानै गएन । शालीन, सभ्य समाज कसरी बनाउने ? म साह्रै चिन्तित छुँ । पहिले पहिले कत्ति मबाट जत्ति गुप्तचरहरुलाई फोहोर व्यवहारको विरोध गर्थेँ मैले कम्प्युटर नजानेसरि अर्कैलाई पो छिटा पर्न गइरहेको रहेछ हरे ! भुरुङ्ग !”

बुद्ध एकछिन पुस्तकालयमा गयो र भन्यो “मेरो पनि पुस्तकालय छ । मेरो टोलकाहरुलाई पढाउन केही सहयोगका भावनाले आएको हुँ । म वर्षको एकचोटि यहाँ आउने गरेको छुँ । केही लेख्नुपर्ने भए लेख्नुहोस् ।”

मानवअधिकारकर्मीहरुले “केही पनि लेख्नु पर्दैन हामी पछि लेख्छौँ । तपाई कुन सँस्थाबाट आउनु भएको ?” भनी सोधे ।

आफ्नो सँस्थाको नाम पनि बतायो । त्यहाँबाट उसले केही पुस्तकहरु सहयोगस्वरुप पायो । ती पुस्तकहरु उसले झोलामा हाल्यो अनि पछाडि बोक्यो । उसले हातले उचालेर बोक्न सक्दैनथ्यो । बाटोभरि ऊ पसिनापसिना गर्दै हिँडिरहेको थियो । ३/४ ठाउँमा केही मिनेट विश्राम पनि गर्यो । बाटोमा एकजनाले भैँसीको दूध बेच्न ल्याइरहेको थियो । त्यहाँ एकछिन आराम गर्यो र दूधवालालाई भन्यो, “तपाईंहरुको एउटा कुरा चाहिँ मैले बुझ्नै सकिन त्यो के भने अस्ति कडा लकडाउन भएको बेला दूध किन खोलामा फाल्नुभएको ? त्यसलाई फटाएर पनिर, नौनी, घिऊ, चिज, खुवा आदि बनाएर राख्न सकिन्न ? म त यसरी दूध किनेर फाट्दा कपडाले छानेर कहिल्यै वरफी, कहिल्यै पनिर त कहिल्यै रसवरि बनाउँछुँ ।” जवाफमा उसले दूध नापेर दिँदै भन्यो, “म त कामदार ! साहूले जे भन्यो त्यै गर्छु । खै के ? खै के ?” अनि उसले त्यो आधि लिटर दूध लिएर पचास रुपिया तिर्यो ।

फेरि उसले एकछिन हिँडेपछि विश्राम गरेको किराना पसलमा चिनी पनि किन्यो । किराना पसलेलाई उसले भन्यो, “चिनीमा फाइदा छैन भन्नुहुन्छ तपाईंहरु यो चिनी कहिँ ८० देखि १०० सम्ममा विकिरहेको छ । खालि प्याकेटको फरक । डिपार्टमेन्ट स्टोरमा बेच्ने जस्तो राम्रो प्याकेटमा बेच्दा त बढी आउँछ हैन साहूजी ?”

मधेसी मूलको साहूजीले भन्यो, “छैन छैन । केही गर्दा पनि वाकइ यो चिनीमा नाफा छैन । जानुस् जानुस् तपाईं बाटो नाप्नुस् जानुस् । चिनीको कुरा गर्ने तपाईं ?”

तैपनि ऊ एकछिन शरीरलाई हल्का भएपछि हिँड्न सुरु ग¥यो । केहीवेरपछि ऊ घर पुग्यो । शरीर उसको पुरै भिजिसकेको थियो । पसिना फुछेर आधा घण्टापछि उसको गर्मीले शरीर तातेर लामो सास आएको पनि शान्त भयो । लुगा एकसेट फेर्यो । घरमा उसले आज धेरै दिनपछि मीठो चिया बनायो । भुरुङ्गलाई दाना हालिदियो । उनीहरु दुबै आज एकदम रमेर मीठोसँग खान थाले ।

इन्टरनेट खोलेर हेर्यो एकजना नामी कथाकारको आफ्नो संस्मरण वाचन भइरहेको थियो । जुन वाचन उसले त्यो दिन बाहिर जान अगाडि नै हेर्ने धोको बनाई हेरेको थियो । केही छिनपछि नै अचानक प्रायोजितझैँ लाग्ने किसिमले विजुली गएको थियो । उसले बल्ल त्यो युट्युब भिडियो पुरै हेर्न पायो तर पहिले उसले सुनेको अंश त्यहाँ थिएन । उसले उक्त कथाकारलाई बुँदागतरुपमा सुझाव दियो कि:

प्यारो साहित्यकार छुकेन जी !

 यहाँको यो पुरै भिडियो सुन्न पाइयो । भिओवि र छुकेनजीलाई यसका निम्ति धेरैधेरै धन्यवाद !

 मेरो विचारमा उत्कृष्ट कथा लेखिसकेपछि कथा लेख्न सकिन्न भन्ने कुरामा म सहमत छैन ।

 किनकी हामीले जस्का लागि लेख्छौँ त्यहाँसम्म पुग्नका लागि तथा आम धेरैभन्दा धेरै पाठकसम्म पुग्नका लागि शालीन, सरल, स्पष्ट तथा वैज्ञानिक विचारतिर हरदम अग्रसर भइरहनुपर्छ र सत्यतर्फ अग्रसर पनि हरदम एक कदम अघि हुनैपर्छ ।

 कथा लेख्न छोडेमा आफ्नो सोचाइमा आएको कथा हिँडिसकेको हुन्छ र पछि गएर त्यो निश्चित उद्देश्य अनुत्तीर्ण हुन पुग्छ ।

 म कथा लेख्दा कम पढेका अनि ६/७ कक्षा पढेकाहरुलाई सुनाउने गर्छु । उनीहरुले यदि सबै बुझ्छन् भने अनि मात्रै रचनाले पुर्णता पाएको मानी प्रकाशनमा लाग्छु ।

 मेरो अनुभवमा हामीले विश्व साहित्यसम्म पुग्नका लागि आम जनताको सुख अनि दुःखमा पागलसरि साहित्यका माध्यमबाट लागिरहनुपर्छ , कहिल्यै रुकावटमा पर्नु हुन्न । त्यसपछि बल्ल साहित्यले गोरेटो समाउन थाल्छ ।
 यो मेरो आफ्नै निचोड हो , यहाँलाई केही विझेको छ भने क्षमा गरिदिनुहोला ।

 अन्त्यमा यहाँको प्रकाशोन्मुख कृतिको धेरैधेरै सफलताको कामना गर्दछुँ। धन्यवाद !

फेरि त्यहाँ पनि भुरुङ्ग आइपुग्यो र भन्यो, “कथामा तिम्रो धेरै रुचि छ । एउटा कथाको शोधपत्र पनि निकै लामो प्रकाशित गर्यौ । कथामा तिम्रो रुचिलाई म सह्राहना गर्दछु । तिमी निःस्वार्थ छौ । तर समाजलाई तिमीले बुझाउन सक्नुपर्छ । यसमा मेरो तर्फबाट पुरा सहयोग हुनेछ ।”

बुद्धले भुरुङ्गलाई भन्यो, “भो भो धेरै नफुक्र्याऊ । मानवीय तालको कुरा गर त ?”
“मानवीय तालको कुरा के भने तिम्री बुढी अहिले ‘लकडाउनको ३ महिनाको भाडा जसरी भएपनि चाहिन्छ ।’ भनी घरपट्टीले ¥याख¥याख्ती पारेकाले चिन्तित छिन् । उनको मन हल्का पार्ने उपाय गर । आज हरेक व्यापारीहरुको यस्तै हालत छ । उनीहरु उदासिन छन् अहिले ।”

भुरुङ्गले फेरि भन्यो, “के दानवीय ताल भन्छौ त यसलाई ? अहँ कदापि होइन । हिजोको घरझगडाको ह्याङ्गको किन मलाई रिस थोपर्छौ ?”

बुद्धले भन्यो, “खै के सुझाउँछौ के सुझाउँछौ घरि अन्तत ससुराली छोड्ने निर्णय गरेँ भनी उपन्यास लेख भन्छौ घरि बुढीको उदासिन मेटाऊ भन्छौ कहिल्यै । अब जाऊ तिमी । ७ बज्न लाग्यो । मलाई समाचारको चटारो छ । तिम्रो उताको जिम्मेवारीमा जाऊ अब ।”

भुरुङ्गले बाहिरैबाट प्रतिध्वनित भैकन भन्दै थियो, अरुलाई जे सुझाव दिन्छौ, त्यो तिमीबाटै सुरु गर । अबश्य देश र जनताको, तिम्रो मानवीय तालको कल्याण हुन्छ । म त भुरुङ्ग तालको मात्र कुरा सुझाउन सक्छु , तिम्रो मानवीय तालको हिसाबमा यन्त्रले जसरी । ल म गएँ । वाई वाई ।”

बुद्धले पनि भन्यो, बाटोमा होशियारीसाथ आफ्नो ख्याल गर्नू वाई ! वाई !!, वाई ! वाई !!, वाई ! वाई !!, वाई ! वाई !!,

दुबैको वाई ! वाई !!, मिस्सिएर बाहिर चकमन्नता छेड्दै नयाँ धुनजस्तै धेरै वेरसम्म प्रतिध्वनी भइरह्यो ।

२०७७ असार ३१
बिजु सुवेदी विजय

साभार : मझेरी डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares