गजल

सेयर गर्नुहोस्

गजल

    मैया लामिछाने

तरिका चाहिन्छ काम कहाँ बन्छ बल छ भनेर ।
बाँदरलाई थाहा हुन्न बोक्राभित्र नरिवल छ भनेर ।

बा मर्ने बेला दाजु हेर्न आएको थिएन् शहरबाट
आज आइपुग्यो अंशबन्डाको छलफल छ भनेर ।

मेरा भोगाइहरु थाहै नदिई सुनाएँ हजुरहरुलाई
कहानी लेखेर पोखिदिएँ मिठ्ठो गजल छ भनेर ।

 

मुटु छेडिए पछि मात्र पत्तो पाएको हुँ मैले पनि
काँडामा राख्नु भएछ दिलमा मखमल छ भनेर ।

घाम पानी छेक्न नसके पछि छानो नै फालिदिएँ
म खुसी छु घरको छानो मै तारामण्डल छ भनेर ।

मैयाँ लामिछाने
सिन्धुली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares